चीनले भन्यो, ‘हामी जिम्मेवार छैनौं, भारतीय सैनिकले प्रोटोकल तोडे’

  • प्रकाशित मिति : २०७७ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

चीनको विदेश मन्त्रालयले पूर्वी लद्दाखको गलवान भ्यालीमा भएको घटनाका लागि भारतीय पक्षनै जिम्मेवार रहेको जनाएको छ।

चिनियाँ विदेशमन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै घटनाका लागि चीनियाँ सेनालाई जिम्मेवार ठहर गर्न नसक्ने जनाएको हो ।



विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने,’यो घटनामा को सही र गलत भन्ने कुरा एकदम स्पष्ट छ। घटना एलएसीको चीन तर्फको भूमीमा भएको छ। र यसका लागि चीनलाई जिम्मेवार ठहराउन सकिन्न।’

प्रवक्ता लिजायानले भने, ‘गलवान भ्याली चीनको भूमी हो। भारतीय सैनिकले बोर्डर प्रोटोकल र हाम्रो कमाण्डर स्तरीय कुराकानी भएको सहमतिको गम्भीर उल्लंघन गरेका छन्।’

प्रवक्ता लिजायनले चीनले अझै अरु झडप नचाहेको स्पष्ट पारे। उनले दुई देशबीच कूटनीतिक र सैनिक स्तरमा कुराकानी चलिरहेको समेत बताए।