कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।
कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला र कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको मृत्यु भएको छ।
लम्की चुहाकी ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। न्युरो सम्बन्धी समस्या रहेकी उनको बुधबार बिहान ११ बजे निधन भएको हो। सर्जरी गर्नुअघिनै लिइएको स्वाब संकलनको आज साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ।
यस्तै, कोरोना पुष्टि भई सेति प्रादेशिक अस्पतालको आईसीयुमा उपचारत कैलालीकै गोदावरीका पुरुषको साँझ ७ बजे निधन भएको छ।
न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।
साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।
लम्कीचुहाका मेयर महादेव बजगाईँका अनुसार मृतक महिला केही समयदेखि बिरामी थिइन् ।