सर्वोच्च अदालतले होटल व्यवसायीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै लकडाउन अवधिको घरभाडा छुट पाउने हो कि होइन प्रष्ट पार्न सरकारसँग लिखित जवाफ माग गरेको छ।
होटल व्यवसायी पूर्णबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले लकडाउनको अवधिको नोक्सानी व्यवसायी एक्लैले व्यहोर्ने वा घरधनी र सरकारले पनि साझेदारी गर्नुपर्ने भन्ने विषयमा सरकारसँग लिखित जवाफ माग गरेको हो।
आम्दानी नभएकाले घरभाडा तिर्न नसकेको भन्दै व्यवसाय कार्कीले लकडाउनका समयको नोक्सानीमा सरकार र घरधनीले पनि साझेदारी गर्नुपर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
घर भाडामा लिएर सञ्चालन भएका होटलहरु लकडाउनका कारण ठप्प छन्। आम्दानी नभएका कारण घरभाडा तिर्न समस्या भएपछि व्यसायी मर्कामा परेका छन्।