सुदूरपश्चिममा एकैदिन थपिए १३७ संक्रमित

  • प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

सुदुरपश्चिममा आज थप १३७ जना कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



बैतडीको दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ।