नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका ४ जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ।

कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका व्यक्ति रहेका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ पुरुष र २ महिलासहित पोखरामा ५ नयाँ संक्रमित थपिएका हुन्। जसमध्ये पोखरा महानगरका ४१ र १९ वर्षका दुई पुरुष, ३०, ५६ वर्षीया दुई महिला र कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङमा १४ नयाँ संक्रमित थपिएका छन्। गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय ६ पुरुष, ४२, २० वर्षीय दुई महिला र बागलुङकै काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र २९ वर्षीय ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै नवलपुर विनयी त्रिवणी गाउँपालिकाका २८ र २० वर्षीय दुई पुरुष, स्याङ्जाको पालिका नखुलेको ६३ वर्षीय एक पुरुष, त्यसैगरि कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।