गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी राजेन्द्रसिंह खड्काले जिल्लाको छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको बताउनुभएकाे छ । मृतक गत २५ जेठमा भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए ।
बिहीबार गरिएको आरडिटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्य्ण् संयोजक पुण्य पौडेलले जानकारी दिनुभयाे । मृतकको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको र कोरोना भए÷नभएको रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएकाे छ ।