गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, आजै थपिए ५६ संक्रमित

  • प्रकाशित मिति : २०७७ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँच गरी थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ।



त्यस्तै तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। विहान पछि गण्डकीका ४ जिल्लामा २४ जना संक्रमित थपिएका थिए। यो सँगै यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ।