चीन-भारत झडपबारे अमेरिकाको पहिलो पटक मुख खोल्यो

  • प्रकाशित मिति : २०७७ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

चीन–भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतीयप्रति समवेदना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीट गर्दै उनले लेखेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। शोकको यो समयमा हामी ती सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गर्दछौं।’



भारत–चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार भएको दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने यस बारे क्षतिको विवरण सार्वजनिक भएको छैन।