भारतले लद्दाखमा ठूलो संख्यामा सैनिक थप्यो, युद्धको तयारीमा दुवै देश!

  • प्रकाशित मिति : २०७७ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

भारतले पूर्वी लद्दाखको गल्वान भ्यालीमा ठूलो संख्यामा सैनिक संख्या बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

सोमबार राति भिडन्तमा २० सैनिकको मृत्यु र ७० भन्दा बढि घाइते भएपछि भारतीय पक्ष आक्रामक तयारीमा जुटेको हो।



चिनियाँ सञ्चार माध्यमले यसलाई युद्धको तयारीका रुपमा हेरेका छन्।

चीनको न्युज सिन्हाले लद्दाख क्षेत्रमा १५ हजार सैनिक (ब्याक फोर्स)का रुपमा थपिएको उल्लेख गर्दै भारतले युद्धको तयारी थालेको उल्लेख गरेको छ।

गल्वान भ्यालीमा भारतीय र चिनियाँ सीमा सुरक्षा फौजबीच भएकोभिडन्त पछि भारतीय जनमतले यस घटनाको पछिल्लो प्रगति र यसका असरलाई ध्यान दिएको समाचारमा जनाइएको छ।

जस्तो सुकै परिस्थितीका लागि भारतले आफ्नो क्षेत्रमा तयारी समाचारमा उल्लेख छ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाको एक रिपोर्टले पनि उक्त कुराको पुष्टि गरेको छ।

भारतीय सेनाका केही अधिकारीहरुले चीनलाई जवाफ दिन ‘सीमित सैन्य कारवाही’ गर्नुपर्ने धारणा राखेका छन्। यसमा राजनीतिक फैसला चाहिने उनीहरुको भनाई छ।

टाइम्स अफ इन्डियाले चीनले पनि पूर्वी लद्दाखमा आफ्नो सेना संख्या बढाएको उल्लेख गरेको छ।

यस्तै,भारतीय मिडिया अमर उजालाले भारतीय वायुसेनाका प्रमुख लद्दाखमा पुगेको र सबै तयारी गरिएको उल्लेख गरेको छ।

लडाकु जेटहरू र सैन्य विमान हवाई अड्डाहरूमा तैनाथी अवस्थामा राख्न सुरु गरिएको छ। समय आएपछि पूर्वी लद्दाखमा कुनै पनि अभियान सञ्चालन गर्न सकियोस् भनेर तयारी थालिएको हो।

वस्तविक नियन्त्रण रेखा (एलएसी) मा १० हजार भन्दा बढी चिनियाँ सेना रहेको भारतीय मिडियाको दाबी छ।