७४१६ पीसीआर टेस्ट, ३३१ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार ६, शनिबार
  • नेपाल टेल संवाददाता

पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए ।



यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए ।