नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ असार ८, सोमबार
  • नेपाल टेल संवाददाता

नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७४ महिला र ४ सय ६१ पुरुष गरी गत २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरूष गरी संक्रमितकाे संख्या ९ हजार ५ सय ६१ पुगेकाे छ ।