जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हालाहाल

  • प्रकाशित मिति : २०७७ असार ९, मंगलवार
  • नेपाल टेल संवाददाता

जनकपुरधाम – धनुषाको जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हालाहाल भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमाको बैठकमा क्रममा मेयर लालकिशोर साह र वडाध्यक्ष दिपेन्द्र साह बीच हात हालाहाल भएको हो ।



छलफलको समय दिउँसो १ बजे तोकिएपनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुबै पक्षबीच विवाद भएको हो ।

मेयर र वडाध्यक्षबीचको हातहालाहालले बैठक हलका केही कुर्सी भाँचिएका छन् ।

हातहालाहाल हुँदा वडा नं १० का वडाध्यक्ष मिथिलेश कर्ण लडेका थिए भने केहीलाई समान्य चोटपटक लागेको थियो ।

बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए ।