काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिए। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।
यही असार आठ गते अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो। उनको उपचार गर्दागर्दै मृत्यु भएको छ।