कोरोनाका कारण संसारभरीको अर्थव्यवस्थामा पर्न सक्ने जुन सुरुवाती अनुमान लगाइएको थियो, अब स्थिती त्योभन्दा थुप्रै गुणा खराब भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जानकारी दिएको छ ।
आइएमएफका अनुसार संसारभरीको आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतको कमी आउनेछ । अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतको कमी हुनसक्ने बताइएको थियो ।
तर लकडाउनको असर जसरी क्रमशः परिरहेको छ, संसाररभरीको अर्थव्यवस्था त्यसको शिकार भइरहेको छ ।
आर्थिक संवाददाता एन्ड्रयू वाकरका अनुसार मानिसहरु आफ्नो खर्चमा वृद्धि भएपछि परिवारबाट मद्दत लिने गर्छन् वा बचत गर्नतिर लाग्छन् । जसका कारण मानिसहरुहरुको खर्चमा कमी आउँछ ।
तर, कोरोनाका कारण भएको लकडाउन र सामाजिक दुरीका कारण मानिसहरु आफूलाई यो भाइरसबाट जोगाउनका लागि बाहिर निस्किरहेका छैनन् ।
यसकारण मानिसहरुको मागमा निकै कमी आएको छ । यसको प्रत्यक्ष असर अर्थव्यवस्थामा परिरहेको छ ।
स्रोतः बीबीसी