ललितपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ असार ११, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौं उपत्यकामा थप १ जनाको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको पुष्टि भएको छ।



चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो।

ललितपुर महानगरपालिका-२२ बुङमतीका १ पुरुषको पनि यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

ती ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आजै स्याङ्जाका एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कुनै ट्राभल हिस्ट्री नभएका अर्जुन चौपारी गाउँपालिका–४ राम्चेका ५५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण बिहीबार निधन भएको छ।

उनको पोखरा क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।