अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २५ लाख नाघ्याे

  • प्रकाशित मिति : २०७७ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३७ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा हालसम्म २५ लाख २ हजार ३ सय ११ जना संक्रमित देखिएका छन् भने १ लाख २६ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७६ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९६ लाख ९९ हजार ५ सय ७५ पुगेको हो ।



त्यस्तै हालसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार ९ सय ३३ पुगेकोछ । पछिल्लो २४ घन्टामा ५ हजार १ सय २४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा ४० हजार ६ सय ७३ जना संक्रमित देखिएको ब्राजिलमा हालसम्म ५५ हजार ५४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतमा हालसम्म भारतमा हालसम्म ४ लाख ९१ हजार १ सय ७० जना नयाँ संक्रमित देखिएका छन् भने हालसम्म भारतमा १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ ।