काठमाडाैँमा साथीको हत्या गर्ने तीनजना पक्राउ

  • प्रकाशित मिति : २०७७ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौँको स्वयम्भूमा साथीको हत्या गर्ने तीनजना पक्राउ परेका छन्। गत राति ११ बजेतिर काठमाडौं महानगरपलिका–१५ स्थित शोभा भगवती नजिकै ओखलढुंगा घर भएका ४५ बर्षीय श्याम परियारको हत्या भएको थियो ।

शुक्रवार बिहान उनको शव फेला पर्‍यो । हत्यामा संलग्न रहेको आशंकामा तीनजनालाई तत्काल पक्राउ गरिएको महानगरीय प्रहरी वृत स्वयम्भूका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो।



पक्राउ पर्नेमा ओखलढुंगाका ४७ बर्षीय शम्भु विक, पकनाजोलका ५३ बर्षीय कुष्णमान शाक्य र काभ्रे दोलालघाटका ५६ बर्षीय राम लामा तामाङ छन् । रक्सीले मातेको अवस्थामा उनीहरूले साथीको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

बिजेश्वरीमा सँगै रक्सी खाएर मातेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या गरेको तीनजना आरोपीले स्वीकारेको बताइएको छ ।