काठमाडौँ । संयुक्त राष्ट्र संघ (यूएन)का अधिकारीले एक महिलासँग कारभित्र अनैतिक कृयाकलाप गरिरहेको भिडियो लिंक भएपछि संघले यस बारेमा मुख खोलेको छ।
भिडियो सार्वजनिक भएपछि यूएनले यस प्रकरण बारे आफ्नो बयान सार्वजनिक गर्दै छानविन जारी रहेको बताएको छ। भिडियोमा देखिएका व्यक्तिको पहिचान हुन निकै मुस्किल भएको पनि यूएनले जनाएको छ।
यूएनले भनेको छ, ‘इजरायलमा शान्ति संगठनका कर्मचारीलाई पनि शंकाको घेरामा राखिएको छ। उक्त भिडियो तेल अवीवस्थित एक सडकको हो। यसअघि भिडियोमा ड्राइभरको अनुहार स्पष्ट देखिन्छ। गाडी त्यहाँबाट हिँड्छ। ट्राफिक सिग्नलमा गाडी रोकिएपछि कसैले उक्त भिडियो बिल्डिङमाथिबाट लिएको थियो।’
यूएनका अधिकारीले एक महिलासँग कारभित्र अनैतिक कृयाकलाप गरिरहेको भिडियो लिंक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त भिडियो इजरायलको राजधानी तेल अवीव नजिकैको हो।