नेकपा स्थायी कमिटी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

  • प्रकाशित मिति : २०७७ असार १३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा एमसीसी, पार्टी एकतालाई पूर्णता दिने विषय, एक व्यक्ति एक पद र सरकारका काम कारवाहीका विषयमा छलफल भइरहेको छ ।



बैठकमा स्थायी कमिटी सदस्यहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा भने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छन।

हिजोको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्नुभएको थियो । आजको बैठकमा हिजो धारणा राख्ने केही सदस्यहरुले प्रधानमन्त्रीको उपस्थितिमा सीमा विवादका बारेमा पुनः धारण राख्ने बताइएको छ।

हिजोको बैठकमा ओली उपस्थित नभएपछि सदस्यहरुले आलोचना गरेका थिए।