गोठालापानी । बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक पुरुषको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरूषको घरमै मृत्यु भएको हो।
उनले वैशाखदेखि जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरूलाई खाना पकाउने काम गरिरहेको थिए।
शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको हो ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। रिपोर्ट आउँन बाँकी छ।