लद्दाखमा चीनलाई गतिलो झापट दिएको मोदीको दावी!

  • प्रकाशित मिति : २०७७ असार १४, आईतवार
  • नेपाल टेल संवाददाता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा विवादका बीच लद्दाखको भूमीमा आँखा लगाउँनेलाई भारतले गतिलो जवाफ दिएको बताएका छन्।

‘मनकी बात’नामक कार्यक्रममा प्रधानमन्त्री मोदीले बहादुर सैनिकहरूले भारतको सम्मानमा आँच आउन दिनेछैन भनेर देखाइदिएको समेत बताए।



‘हाम्रा सैनिकहरुले देखाइदिए। आफ्ना वीर सपुतहरुको बलिदानमा परिवारमा जुन भावना छ त्यो नै हाम्रो शक्ति हो।’ प्रधानमन्त्री मोदीले भने, ‘भारत मित्रता कसरी कायम गनुपर्छ भन्ने जान्दछ र आँखामा आँखा जुधाएर उचित जवाफ फर्काउन पनि जान्दछ। हाम्रा बहादुर सैनिकहरुले देखाइदिए की उनीहरूले कहिले पनि भारतको गौरवमा आँच आउँनदिने छैन।’

प्रधानमन्त्री मोदीले देशभित्रै अनेक संकटका बीच भारत छिमेकी देशहरूको व्यवहार विरुद्ध पनि जुधिरहेको बताए।

भारतको गुणगानमा आफ्नो समय खर्च गरेका प्रधानमन्त्री मोदीले कार्यक्रम भर चीनको नाम भने लिएनन्।

हालसम्म मोदी सरकारले लद्दाख भिडन्तमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकारेपनि चीनको भने अहिलेसम्म कुनै बयानमा नाम लिएको छैन।

विपक्षी नेताहरूले मोदी सरकारलाई चीनको नाम लिन किन नसकेको भन्दै प्रश्न गर्दै आएका छन्।