नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्काे बैठक बिहीबार बस्ने

  • प्रकाशित मिति : २०७७ असार १७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बुधबार बिहान निधन हुनुभएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको बताइएकाे छ । ।



बैठकमा ५ जना नेताहरूले आ-आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कमिटीकाे अर्काे बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।