२४ घण्टामा विश्वभर १ लाख ९६ हजार बढी कोरोना पोजेटिभ, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ असार १८, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ९६ हजार ९०१ जना कोरोना संक्रमित थपिएका छन् भने ४ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ।

यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८ लाख १ हजार ७६० पुगेको छ भने ५ लाख १८ हजार ८४३ जनाको मृत्यु भएको छ। जसमध्ये ५९ लाख ३८ हजार ४८० जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ।



कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोना संक्रमण झनै बढेको छ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५१ हजार ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६७६ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म कोरोना भाइरसबाट १ लाख ३० हजार ७९८ जनाको मृत्यु भएको छ भने २७ लाख ७९ हजार ९ सय ५३ जना संक्रमित भएका छन्।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ४४ हजार ८ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५७ जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या १४ लाख ५३ हजार ३६९ पुगेको छ भने ६० हजार ७१३ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४६० जना नयाँ संक्रमित थपिएका छन् भने ४३८ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ५ हजार २२० पुगेको छ भने १७ हजार ८४८ जनाको मृत्यु भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अमेरिकासहित २१३ देशमा फैलिएको छ।