काठमाडौँ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५१ हजार ९७ जना नयाँ कोरोना संक्रमित थपिएको वल्डोमिटरले जनाएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै धेरै हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ६७६ जनाको मृत्यु भएको छ।
यो सँगै अमेरिकामा हालसम्म कोरोना भाइरसबाट १ लाख ३० हजार ७९८ जनाको मृत्यु भएको छ भने २७ लाख ७९ हजार ९ सय ५३ जना संक्रमित भएका छन्। जसमध्ये ११ लाख ६४ हजार ६८० जना उपचारपछि निको भएका छन्।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अमेरिकासहित २१३ देशमा फैलिएको छ।