काठमाडौँ । बाराका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बिहीबार बिहान साढे सात बजेतिर परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कलैया अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको छ।
चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएको प्रहरीले जनाएको छ।