काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको स्रोतले जनाएको छ।
मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओलीले बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री ओली शीतल निवास फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्नेछ।