काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पार्टी फुटाउने अध्यादेश ल्याउन लागेको आशंका गरिएको छ।
सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री अोलीले पार्टी फुटाउँन विधेयक ल्याउन लागेको भन्दै नेकपाकै नेताहरु सशंकित भएका छन्।
प्रधानमन्त्रीको सचिवालयले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगै छलफल गरेर जारी संसदको अधिवेशन अन्त्य गरिएको बताएको छ।
पार्टी स्थायी कमिटी बैठकमा राजीनामा दिनुपर्ने माग उठेपछि ओलीले अध्यादेश ल्याउन लागेको र पार्टी फुटाएर काँग्रेससँग मिलेर सरकार बनाउँने योजना बनाएको बुझिएको छ।
ओलीले पार्टी फुटाउँने विधेयक ल्याउँने संकेत दिएपछि अर्का अध्यक्ष प्रचण्ड अहिले राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।