काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको निवासमा पुगेका हुन्।
बालुवाटारमा स्थायी समिति बैठक पछि दाहाल शीतल निवास तर्फ लागेका हुन।
अध्यक्ष दाहालले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा अोलीसँग समेत छलफल गरेका थिए।