काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको छ।
घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो।
उनको हिजो बेलुकी अस्पतालमा नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
शल्यक्रिया गरिएका कारण उनको उपचारकै क्रममा मृत्यु भएको हो। उनका बुवा, आमा र फुपूमा पनि कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ।
म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए।