बाबुरामको टिप्पणी : ‘कुनै प्राणीलाई घीउ पच्दैन, कमरेडहरूलाई दुईतिहाई पचेन’

  • प्रकाशित मिति : २०७७ असार १८, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले नेकपाको आन्तिरिक किचलोका कारण व्यवस्थानै धरापमा पर्ने चेतावनी दिएका छन्।

पार्टी र सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि नेता बाबुरामले मुलुक पुनः अस्थीरतातर्फ धकिलिने बताएका छन्।



सामाजिक सञ्जाल ट्विटरमा बाबुरामले लेखेका छन्, ‘कुनैकुनै प्राणीलाई घीउ पच्दैन रे, हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ।’

गणतन्त्रनै गुम्ने खतरा रहेको भन्दै भट्टराईले लेखेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं! यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्’

नेकपाको जारी स्थायी कमिटीमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि संकट चुलिएको हो ।