काठमाडौं उपत्यकामा ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार १८, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। बितेको २४ घण्टामा नेपालमा थप   थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।



योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।