गुल्मी । जिल्लाको इष्मा गाउँपालिका–१, मल्दी ढाँटफाँटमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् भने २ को उद्धार भएको छ । गएराति गएको पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि उद्धारका लागि प्रहरी र सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ । पहिरोले जिल्लाका अन्य विभिन्न स्थानमा पनि क्षति पुगेको छ । कैयन घर जोखिममा परेका छन् ।