शुक्रबार थप ७४० जनामा संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ असार १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं,असार १९। नेपालमा थप ७४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् ।

यो संगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा सय महिला र सय पुरुष छन् ।