कोरोनाभाइरस संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देहीको देबदहका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।  निमोनियया र डाइबेटिजका दिर्घरोगी उनको गएराति मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।