काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा लगातार कोरोनाका संक्रमित बढिरहेका छन्।
अन्य ठाँउको तुलनामा कम संक्रमणका घटना देखिएको काठमाडौंमा लकडाउन खुकुलो भएसँगै संक्रमित बढ्न थालेका हुन।
स्वास्थ्य मन्त्रालयले आइतबार उपत्यकामा थप ३० जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ५ जनामा कोरोना पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभर २९३ संक्रमित थपिएका छन्। देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।