काठमाडौं । वैदेशिक रोजगार बोर्डको सदस्यमा स्वास्थ्य व्यवसायी कैलाश खड्का र म्यानपावर व्यवसायी हेम गुरुङ मनोनित भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको असार १८ गतेको निर्णयानुसार वैदेशिक रोजगारका विशेषज्ञको रुपमा खड्का र म्यानपावर व्यवसायीको तर्फबाट गुरुङलाई दुई वर्षका लागि मनोनित गरिएको हो ।
खड्का नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष र गुरुङ एसओएस म्यानपावरका अध्यक्ष हुन् ।