नयाँ दिल्ली । पूर्वी लद्दाख स्थित गल्वान भ्यालीबाट चिनियाँ पक्ष केही पछाडी हटेको छ।
सोही क्षेत्रमा केही दिन अघि हिंस्रक झडप हुँदा भारतका २० सैनिकको मृत्यु भएको थियो।
यसअघि कमाण्डर तहको सहमति अनुसार चिनियाँ पक्ष पछि नहट्दा भारतीय सैनिकले जर्बजस्ती चिनियाँ सेनाको टेन्ट भत्काएपछि सो झडप भएको थियो।
शान्ति कायम राख्ने पछिल्लो सहमति अनुसार चिनियाँ सेनाले आफ्नो टेन्ट २ किलोमिटर पर सारेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
झडप भएको उक्त क्षेत्रमा २ दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थलगत भ्रमण गरेका थिए।
सोमबार केही पछि हटेसँगै चिनियाँ सेनालाई पूर्वी लद्दाखबाट लखेट्ने योजनामा पहिलो सफलता मिलेको भारतीय मिडियाको दाबी छ।
चीनले उक्त विवादित भूमी आप्नो रहेको बताउँदै आएको छ भने भारतीयले पनि आफ्नो भएको दाबी गर्दै आएको छ।