काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जनालाई कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा देशभर २०४ जनालाई कोरोना पुष्टि भएको उनले बताए । हालसम्म संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
हिजो ५४ जनालाई कोरोना पुष्टि भएको थियो ।