काठमाडौं। काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु काठमाडौंका १६ र ललितपुरका ७ जना रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २५३ जना घर फर्किएका छन्।