काठमाडाैं । अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा दोस्रो पटक लकडाउन गरिएको छ । लकडाउन भएसँगै ५० लाख मेलबर्नबासी घरबाहिर निस्किन पाउने छैनन् । तर अत्यावश्यक सेवाका लागि भने छुट दिइएको बीबीसीले जनाएको छ ।
स्थानीय पुलिसका अनुसार सहरको वरिपरि घेरा लगाइएको छ भने पुलिस चौकीहरू पनि बनाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिशनले बुधवार मेलबोर्नवासीहरूलाई भने, “तपाईंका मान्छेहरूले अहिले जे सहिरहनुभएको छ त्यसको मूल्य सम्पूर्ण देशलाई थाहा छ । यो तपाईं आफैं र तपाईंको परिवारको लागि मात्र होइन सम्पूर्ण अस्ट्रेलियाको लागि हो ।”