आज १०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

  • प्रकाशित मिति : २०७७ असार २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।