लमजुङको सातबिसेमा पहिरोले घर पुरीयाे, एकै घरका तीन जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

पहिरोले दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो ।



ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।