आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्री पक्राउ

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । ज्योतिष अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेकोमा बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेकाे र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहितका व्यक्तिहरु अख्तियारको फन्दामा परेकाे प्रहरीले जानकारी दिएकाे छ ।