आजै काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं उपत्यकामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका २८ ललितपुरका १३ र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो।



हिजो बिहिबार पनि काठमाडौँ उपत्यकामा ५ जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।