थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पछिल्लो पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो ।



विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०३ रहेका छन् ।