संखुवासभामा पहिरो, ११ जना बेपत्ता

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

संखुवासभा । केही दिनदेखि परेको अविरल वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्।

गएराति गएको पहिरोले ८ वटा घर पुरेको भनिएपनि विस्तृत विवरण आउन सकेको छैन्।



घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ। तर अहिलेसम्म टोली घटनास्थल पुग्न सकेको छैन।

पहिरोले ८ वटा घर पुरेको खबर आएपनि पुष्टि हुन नसकेको संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिए।

वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ।