कोरोना भाइरस परीक्षणका लागि ६ वटा निजी प्रयोगशालाले पाए अनुमति

  • प्रकाशित मिति : २०७७ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि ६ वटा निजी प्रयोगशालाले अनुमति पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाका ४ र उपत्यका बाहिरका २ वटा प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति प्रदान गरिएको हो ।



कोरोना परीक्षणको अनुमति पाउनेमा काठमाडौं उपत्यका भित्र सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल,
ललितपुर सानेपाको स्टार अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियर छन् ।

यस्तै, उपत्यकाबाहिर अनुमति पाउनेमा बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशाला छन् ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।