चितवन । नारायण मुग्लिन सडक अन्तर्गत सत्रकिलोमा सडक भांँसिदा एकतर्फी सञ्चालनमा आएको छ ।
विगत केही दिन देखि परेको अबिरल बर्षाका कारण डेढफिट गहिरो पिच सडक भासिएकोले एकतर्फी सडक सञ्चालन गर्नुपरेको हो ।
बिहान सवा ९ बजे सडक भासिएको छ , जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले भने, अहिले एकतर्फी रुपमा गाडी पास भईरहेको छ ।
उक्त भासिएको स्थान भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्दछ । त्रिशुलीतिरको साइटपट्टी सडक भासिएको हो ।