थप १४४ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।