सोमबार काठमाडौंमा ९ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगश्वर गौतमका अनुसार पछिल्ले २४ घन्टामा काठमाडौंमा ३, लतिपुरमा ५ र भक्तपुरमा १ जना गरि उपत्यका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।



उनका अनुसार आज देशभर १ सय ४४ जनामा कोरोना स‌क्रमण पुष्टि भएको छ ।